समाचार

    Showing 5,261-5,270 of 25,583 items.
  • प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

    काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 300 पटक पढिएको
  • जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल

    काठमाडौं –  गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्लेख गर्दै संगठनात्मक क्षमताको पुनःस्थापना आवश्यक रहेको धारणा राखे ।उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलन र त्यसै सन्दर्भमा भएका घटना परिघटनाहरुको प्रमुख प्रभाव भौतिक र मानसिक रुपमा समेत नेपाल प्रहरीमा अत्यन्त पर्न गएको छ । सांगठनिक क्षमताहरुको पुनःस्थापना, सुरक्षा र अपराधका नविनतम चुनौतिहरु सम्बोधन गर

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 291 पटक पढिएको
  • समस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ : खड्ग फागो

    उर्लाबारी –  नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको माध्यमभन्दा पनि जनजीवन सुधारको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् ।चुनावी अभियानअन्तर्गत विभिन्न स्थानमा गरिएको मतदाता भेटघाट, घरदैलो तथा अन्तक्र्रिया कार्यक्रममा उनले क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पारेका हुन् ।‘राजनीति पद र कुर्सीका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ, फागोले उर्लाबारी, केराबारी र मिक्लाजुङ क्षेत्रका मतदातासँगको संवादमा भने, ‘जनताले दैनिक भोगिरहेका समस्या समाधान नगरी ग

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 370 पटक पढिएको
  • कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

    सप्तरी –  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।२०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’देशमा शिक्षा, स्वास्

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 225 पटक पढिएको
  • नेपाल–भारत सीमामा संयुक्त गस्ती

    सर्लाही –  सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।शनिबार दिउँसो करिब १२ः०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७÷३ देखि पिलर नं. ३१८÷२३

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 263 पटक पढिएको
  • नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

    काठमाडौं –  नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ ।गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित बाबुराम च

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 295 पटक पढिएको
  • भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’

    झापा –  झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनीपुर्जा दिलाइदिन आग्रह गरेका छन् ।कमल गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित भेटघाटका क्रममा भूमिहीन परिवारहरूले भूमिसम्बन्धी समस्या समाधानमा एमाले नेतृत्वले देखाएको पहल स्मरण गर्दै निरन्तरता आवश्यक रहेको धारणा राखेका हुन् । स्थानीय भन्छन्,‘आयोग गठनदेखि नीतिगत निर्णयसम्मको स्पष्ट इच्छाशक्ति एमालेले मात्र

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 321 पटक पढिएको
  • प्रचण्ड–माधव पुगे सिन्धुली, तर विद्रोह रोकिएला ?

    काठमाडौं –  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही जिल्लामा तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष असर सिन्धुलीमा देखिन थालेको छ । सिन्धुलीमा पार्टीका हेभिवेट नेता हरिबोल गजुरेलको विद्रोहपछि नेकपाका उम्मेदवारका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुने विश्लेषण भइरहेको छ । पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा सिन्धुलीमा देखिएको विद्रोह र मतदातालाई सन्देश दिन पुगेका माधव नेपाल–प्रचण्डको पहल सफल हुन्छ वा हुँदैन भन्ने विषय अहिले चासोको केन्द्रमा छ । सिन्धुलीमा देखिएको नेकपाको विवाद राष्ट्रिय तहसम्मै ठूलो विषय बनेको छ । पटक–पटक मन्त्री भइसकेका नेता हरिबोल गज

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 288 पटक पढिएको
  • ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

    दशरथचन्द। बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन  सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो ।सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिनुभयो ।सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 215 पटक पढिएको
  • दलित बस्तीमा निर्वाचनको चर्चा

    सर्लाही, माघ २५ । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा ग्रामीण भेगका दलित बस्तीहरूमा सरगर्मी बढ्न थालेको हो । यहाँका चोकचौतारामा हुने दैनिक बहसमा चुनावी तालमेल, मतदाताका जोडघटाउ तथा उम्मेदवारको विजयको चर्चा हुने गरेका छन् ।उम्मेदवार र उनीहरूका समर्थक घरघरमा पुगेर आ आफ्ना पक्षमा मत माग्नेक्रम देखिएको छ । यहाँका गल्लीलाई पक्की सडकमा रूपान्तरण गर्नेदेखि, सुरक्षित खानेपानी, रोजगारी, छात्रवृत्ति, सामाजिक सुरक्षा भत्तालगायत सुविधा दिनेसम्मका योजना आफूसंग रहेको उम्मेदवारले मतदातालाई दिइराखेका छन् । चन्द्रनगर गाउँपालिका–६ कामतटोलका ६५ वर्षीय राजकुमार माझीले नेताका प्रतिवद्धता पूरा हुनेमा विश्वस

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.