काठमाडौं – नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ ।
गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।
भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित बाबुराम चरी, मनोज नेपाली, राहुल नेपाली, नवराज सरगम, पदम चन्द, वीरेन्द्र चन्द, अश्विन चन्द, विशाल चन्द, विष्णु मल्ल तथा सन्तोष कुमार पण्डित लगायतको अभिनय देख्न सकिन्छ । आइतबार ओएसआर डिजिटलको युटुव च्यानलबाट ‘नेपाली शाहस’ बोलको एन्थम गीत सार्वजनिक भएको हो ।




































