समाचार

    Showing 5,251-5,260 of 25,583 items.
  • सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं –  वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो।आर्यघाटमा भएको अन्त्येष्टिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । अन्त्येष्टिका क्रममा परिवारजन भावुक देखिन्थे भने उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए।थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।थापाको निधनले परिव

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 331 पटक पढिएको
  • बालेन्द्र साहको डेरामा चोरी गर्ने तीन जना पक्राउ

    काठमाडौं – रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनका डेरामा चोरी गर्ने बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर- ६, पड्कु घर भई काठमाडौं, गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायल- ६ घर भई धादिङको धुनिवेँशी, खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् ।पक्राउ परेकामध्ये मनिष जेन-जी आन्दोलनको मौका छोपेर हिरासतबाट भागेका व्यक्ति हुन् ।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 265 पटक पढिएको
  • हायरको ब्रान्ड एम्बासडर बने पारस खड्का

    काठमाडौँ –  विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्का लाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपाल का सञ्चालक सञ्जय गोल्छा र पारस खड्काबीच शुक्रबार यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।हायर विश्वकै नम्बर एक होम एप्लायन्स ब्रान्डका रूपमा परिचित छ। बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनल का तथ्याङ्कअनुसार बिक्री परिमाणका आधारमा हायरले लगातार १७ वर्षदेखि विश्वकै पहिलो स्थान कायम गर्दै आएको छ। सन् २०२५ को तथ्याङ्क अनुसार रे

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 382 पटक पढिएको
  • ओलीसँग भेटपछि दुर्गा प्रसाईं पक्राउ, साइबर ब्युरोले थाल्यो अनुसन्धान

    काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले प्रहरीको हिरासतमा छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएको छ । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।निर्वाचन आयोगले पठाएको पत्रको आधारमा अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनले भने– ‘विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज म्याद लिएर थप अनुसन्धान अघि बढाउँछौँ ।’पक्राउ पर्नुअघि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 337 पटक पढिएको
  • टी–२० विश्वकपका खेल सार्वजनिक स्थानमा देखाउन काठमाडौँ महानगरलाई आयोगको सहमति

    काठमाडौं – भारत र श्रीलंकामा सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले खेल्ने खेलहरू काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा प्रत्यक्ष प्रसारण गर्न पाउने भएको छ।काठमाडौँ महानगरपालिकाले विगतको परम्पराअनुसार क्रिकेटप्रेमी दर्शकका लागि निःशुल्क रूपमा ठूला एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रमका लागि सहमति मागेपछि निर्वाचन आयोगले सर्तसहित अनुमति दिएको हो।महानगरपालिकाले यहीं माघ २३ गते निर्वाचन आयोगमा पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कार्यक्रम सञ्चालनका लागि सहमति मागेको थियो। सोही अनुरोधअ

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 346 पटक पढिएको
  • आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने

    काठमाडौँ – आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका छन् । यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स,

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 300 पटक पढिएको
  • राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपाललाई

    काठमाडौं –  राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन् । एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट करिब १५० विद्यार्थी सहभागी भएका थिए । विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।तहगत प्रतिस्पर्धाअन्तर्गत फाउन्डेसन लेभलमा स्मारिका घिमिरे, लेभल १ मा रुमिना भण्डारी, लेभल २ मा सौगात श्रेष्ठ, लेभल ३ मा प्रिस्टन तामाङ, लेभल ४ मा सान्वी खकुरेल, लेभल ५ मा नेहारिका घिमिरे, लेभल ६ मा इप्सा लामिछाने, लेभल ७ मा श्रीग्या बज्राचार्य र लेभल ८ मा सब्रिना वैद्य विजयी भए । विजेताहरू

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 264 पटक पढिएको
  • मौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो रहने

    काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 281 पटक पढिएको
  • क्रिकेट खेल मात्र होइन, हाम्रो प्रगतिको पहिचान र स्वाभिमान हो : ओली

    काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन् । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले क्रिकेट एउटा खेल मात्रै नभैइ, नेपालको लागि प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताएका छन् ।उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घ

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 310 पटक पढिएको
  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

    काठमाडौं –  समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन् ।समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ । पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिलसमेत गरेको छ ।सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.