सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

167 Shares
alt

काठमाडौं –  वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो।
आर्यघाटमा भएको अन्त्येष्टिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । अन्त्येष्टिका क्रममा परिवारजन भावुक देखिन्थे भने उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए।
थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
थापाको निधनले परिवार, आफन्त तथा चिनेजानेका सबैलाई गहिरो शोकमा पारेको छ। थापाको हिजो शनिबार हृदयाघातका कारण निधन भएको थियो ।


  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा