काठमाडौं – रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनका डेरामा चोरी गर्ने बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर- ६, पड्कु घर भई काठमाडौं, गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायल- ६ घर भई धादिङको धुनिवेँशी, खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये मनिष जेन-जी आन्दोलनको मौका छोपेर हिरासतबाट भागेका व्यक्ति हुन् ।




































