समाचार

    Showing 5,091-5,100 of 25,576 items.
  • पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस

    काठमाडौं— नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन।उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थ

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 446 पटक पढिएको
  • बाजुरामा घरदैलोमै मतदाता शिक्षा, मतदानप्रति बढ्यो जनचासो

    बाजुरा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जिल्लाका नौवटै स्थानीय तहमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले सही तरिकाले मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।यतिबेला जिल्लाका हरेक गाउँबस्तीमा चुनावी माहोल तातेको छ। निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी मतदान गर्ने तरिकालगायतका विषयमा मतदातालाई जानकारी गराइरहेको छ ।मतदाता शिक्षकहरूले स्थानीयको घरदैलोमै पुगेर मतदान गर्ने प

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 521 पटक पढिएको
  • निर्वाचन सुरक्षा: फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

    विराटनगर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक ल

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 531 पटक पढिएको
  • सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा.यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

    सर्लाही— सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ ।बिहिबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा। यादवले चुनावी भेटघाटका क्रममा बुधबार दिउँसो आफूमाथि असभ्य व्यवहार गरिएको बताएका हुन्। उनका अनुसार ति व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्दै ‘मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग’ जस्ता अभिव्यक्ति दिएका थिए । साथै ‘मधेशीहरूको ओकात थोरै छ’ भन्दै जातीय रूपमा होच्याका थिए ।उनले लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना भएको द

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 473 पटक पढिएको
  • यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 503 पटक पढिएको
  • बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सुरकुहिरो रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।तराई भू–भागमा मौसम मुख्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रद

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 603 पटक पढिएको
  • दश हजार युवालाई सिप विकास तालिम दिने डा. पोखरेलको घोषणा

    प्यूठान— गोविन्दराज पोखरेलले युवाहरूको बेरोजगारीलाई देशको गम्भीर चुनौतीका रूपमा चित्रित गर्दै यसको समाधानका लागि ठोस कार्यक्रम अघि सार्ने बताएका छन्।नेपाली कांग्रेसका तर्फबाट फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसमेत रहेका पोखरेलले प्यूठानसहित देशभर रोजगारीको अभाव देखिएको उल्लेख गरे। उनले आफूले अध्यापन गरेका धेरै युवा तराईका औद्योगिक क्षेत्रमा स्वरोजगार बन्न सफल भएको अनुभव सुनाउँदै अब व्यवस्थित रूपमा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरे।उनका अनुसार पहिलो चरणमा प्यूठानका १० हजार युवालाई सिपमूलक तालिम प्रदान गरिनेछ, जसबाट साना तथा मझौला उद्यममार्फत स्थानीय स्

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 560 पटक पढिएको
  • दुर्गा प्रसाईंको रिहाइको माग गर्दै अनिश्चितकालीन नेपाल बन्द घोषणा

    काठमाडौं— पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले संयोजकको तत्काल रिहाइ सुनिश्चित गर्न दबाब दिने उद्देश्यसहित (हिजो) फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द आह्वान गरेको हो।अभियानका अनुसार बन्दका क्रममा देशभरका उद्योग–कलकारखाना, सार्वजनिक तथा निजी यातायात सेवा, शैक्षिक संस्था र सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरू बन्द गरिनेछ। साथै, आन्दोलनका थप कार्यक्रम र रणनीतिबारे क्रमशः जानकारी सार्वजनिक गरिने जनाइएको छ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 558 पटक पढिएको
  • नेपाल टेलिकमको रिक्त पदमा आवेदन दिने म्याद ७ दिन थप

    काठमाडौं— नेपाल टेलिकमको रिक्त रहेका पदपूर्तीका लागि आवेदन दिने म्याद ७ दिन थप गरिएको छ ।टेलिकमले आन्तरिक प्रतियोगितात्मक परीक्षा र खुल्ला तथा समावेशी तर्फका विज्ञापनहरुको आवेदन फाराम भर्ने म्याद फागुन १४ गतेसम्मका लागि थप गरेको हो ।यसअघि कम्पनीले आवेदन दिने समय फागुन ७ गतेसम्म सिङ्गल दस्तुर र १४ गतेसम्म डबल दस्तुरका लागि तोकिएको थियो ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 525 पटक पढिएको
  • रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र

    सिन्धुली— राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् ।बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको सम्मान एवम उत्पादनको मूल्य निर्धारण गर्ने, पर्यटन क्षेत्रको इतिहास, पहिचान र रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै युवाको भविष्य सिन्धुलीमै व्यवस्थापन गर्

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.