प्यूठान— गोविन्दराज पोखरेलले युवाहरूको बेरोजगारीलाई देशको गम्भीर चुनौतीका रूपमा चित्रित गर्दै यसको समाधानका लागि ठोस कार्यक्रम अघि सार्ने बताएका छन्।
नेपाली कांग्रेसका तर्फबाट फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसमेत रहेका पोखरेलले प्यूठानसहित देशभर रोजगारीको अभाव देखिएको उल्लेख गरे। उनले आफूले अध्यापन गरेका धेरै युवा तराईका औद्योगिक क्षेत्रमा स्वरोजगार बन्न सफल भएको अनुभव सुनाउँदै अब व्यवस्थित रूपमा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरे।
उनका अनुसार पहिलो चरणमा प्यूठानका १० हजार युवालाई सिपमूलक तालिम प्रदान गरिनेछ, जसबाट साना तथा मझौला उद्यममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमअन्तर्गत झिमरुक पुगेका पोखरेलले नीतिगत सुधारमार्फत दिगो रोजगारीको आधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।






































