समाचार

    Showing ४९१-५०० of २६,८०२ items.
  • जेनजी आन्दोलनमा हिरासतबाट ‘फरार’ अभियुक्त ६१ वर्षीया वृद्धा बलात्कार आरोपमा पक्राउ

    रामेछाप । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेर फरार भएका एक युवक पुनः जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।प्रहरीका अनुसार ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रेम बिसुङ्खेलाई रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो। भदौ २ गते घटना भएको र त्यसको भोलिपल्टै उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।अनुसन्धानका क्रममा बिसुङ्खे यसअघि पनि प्रहरी हिरासतबाट भागेको व्यक्ति रहेको खुलेको हो। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा राखिएका बेला भागेका थिए।हिरासतबाट भागे

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७० पटक पढिएको
  • बाटाहरुमा खाल्डाखुल्डी बढेपछि काठमाडौंमा दौडिदै ‘सडक एम्बुलेन्स’

    काठमाडौं । सडकमा खाल्डाखुल्डी देखिएपछि तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ ।खाल्डोबारे जानकारी पाएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स सम्बन्धित स्थानमै पुगेर मर्मत गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डको गोल्फुटार र हात्तीगौंडालगायत क्षेत्रमा एम्बुलेन्समार्फत सडक मर्मत गरिएको थियो ।सडक मर्मतका लागि खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत उपकरण एम्बुलेन्समै जडान गरिएको छ । तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।कार्यालयले सडक मर्मत आवश्यक पर्न

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १५३ पटक पढिएको
  • करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ

    काठमाडौं / करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् । उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना।७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका—१० चिप्लेटीबाट लागूऔषध गाँजा करिब १६८ किलोग्राम सहित २ जनालाई सोमबार

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १८२ पटक पढिएको
  • डिजेल चोरी प्रकरणमा पाँच जना पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गरेको आरोपमा चार चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आयोजनामा कार्यरत चालकहरूले नियमित रूपमा डिजेल चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनापछि अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा चोरीको डिजेल खरिद गर्ने एक व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ६६५ किलोग्राम अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरिएको छ। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १८० पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसहित संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम निषे

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १६५ पटक पढिएको
  • आहा, यस्तो पो झरना !

    ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ । दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सक

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २३१ पटक पढिएको
  • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    कास्की। पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ ।महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबास

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २४८ पटक पढिएको
  • गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    म्याग्दी। म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिनुभयो ।सिँचाइ सुविधा विस्तारका लागि छ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइप

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २३६ पटक पढिएको
  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नुहुनेछ ।यु

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २१५ पटक पढिएको
  • देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.