रामेछाप । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेर फरार भएका एक युवक पुनः जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रेम बिसुङ्खेलाई रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो। भदौ २ गते घटना भएको र त्यसको भोलिपल्टै उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा बिसुङ्खे यसअघि पनि प्रहरी हिरासतबाट भागेको व्यक्ति रहेको खुलेको हो। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा राखिएका बेला भागेका थिए।
हिरासतबाट भागेर फरार रहेका उनीमाथि पुनः गम्भीर प्रकृतिको कसुरको आरोप लागेपछि प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।





































