काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा घटेको छ । मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।यसअनुसार चाँदीको मूल्य एकैदिन ६५ रुपैयाँले घटेको हो । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।

आजको बजारमा सुन–चाँदी दुवैको मूल्य घटे पनि सुन अझै प्रतितोला ३ लाख २२ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ ।