काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ ।बाढीबाट घाइते तथ
काठमाडौं । नेपाल–तिब्बत सीमा नजिक ग्यिरोङ क्षेत्रमा पहिरोले नदी थुनेर बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न चिनियाँ उद्धारकर्मी तथा विपद् विज्ञहरूको टोली घटनास्थल पुगेको छ ।सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको ब्यारियर लेकको अवस्था थप गम्भीर बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विज्ञ टोलीले तालको बाँध तथा पानीको सतहको प्रत्यक्ष निगरानी थालेको हो ।चिनियाँ सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो दुईवटा विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारमा पुगेका थिए । टोलीले घटनास्थलमै रहेर तालको अवस्था, बाँधको स्थायित्व र सम्भावित जोखिमबारे प्राविधिक मूल्याङ्कन गरिरहेको छ ।जोखिमको तत्काल आँकलन
काठमाडौं । भोटेकोशी बाढीले ठूलो संख्यामा पुल भत्काएपछि सडक सम्पर्क पुनःस्थापित गर्न नेपालले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । पक्की पुल निर्माण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी पुल जडान गर्न सरकारले छिमेकी मुलुकसँग सहयोग मागेको हो ।भदौ १० गते आएको अचानकको बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । पुल बगेसँगै विभिन्न स्थानको सडक सम्पर्क टुटेपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ ।यही अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयमार्फत भारत र चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह
काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोपछि प्रभावितको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आईएफआरसी)ले करिब ९३ हजार नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान गर्दै राहत, उद्धार र पुनर्स्थापनाका लागि ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी सहयोग आवश्यक रहेको जनाएको छ ।आईएफआरसीले आपत्कालीन विपद् प्रतिकार्यदेखि मध्यम तथा दीर्घकालीन पुनर्स्थापनासम्मका लागि ३ करोड १० लाख अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७३ करोड ६ लाख रुपैयाँ सहयोगको अपिल गरेको हो ।रेडक्रसका अनुसार विपत्तिको वास्तविक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । दुर्गम तथा कठिन भूगोलमा रहेका प्रभावित क्षेत्रस
काठमाडौं । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा नदी किनारमा भेटिएका शव संकलनमा ढिलाइ भएको गुनासो बढेपछि सरकारले खोजी अभियानलाई थप तीव्र बनाएको छ । सरकारले रसुवादेखि चितवनसम्म नदी तटीय क्षेत्रमा थप १ हजार २०० सैनिक परिचालन गरेको छ ।प्रधानमन्त्री कार्यालयका अनुसार बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएका शवको खोजी र संकलनका लागि नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको हो । सेनाका टोलीलाई सम्भावित स्थान पहिचान गरी समूहगत रूपमा नदी किनारमा खटाइएको छ ।थप जनशक्ति परिचालनसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा त्रिशूली र नारायणी नदी किनारमा खोजी तथा शव संकलन अभियान व्यापक बनाइएको
काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठले दिएको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाने तयारीमा थिए ।अवकाशको समय नजिकिँदै गर्दा श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै सरकारले शर्मालाई गृहसचिवको जिम्मेवारी दिएको हो ।शर्मा यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनी गृह प्रशासनको नेतृत्वमा आएका छन् ।गृह मन्त्रालयमा सचिव परिवर्तन भएसँगै अब मन्त्
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झि
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर ल्याएका शव त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिने क्रम रोकिएको छैन । गोरखाको सिम क्षेत्रमा मात्रै हालसम्म ४७ वटा शव फेला परेका छन् । तर तीमध्ये अधिकांश शव सग्लो अवस्थामा नहुँदा पहिचानमा ठूलो चुनौती देखिएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नदी किनारमा भेटिएका ४७ शवमध्ये २० वटा मात्रै अनुहार पहिचान गर्न सकिने अवस्थामा छन् । बाँकी शवका अधिकांश भाग टुक्रिएको अवस्थामा फेला परेका छन् ।पहिचान गर्न सकिने अवस्थाका ११ शवलाई प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । ती शवको सनाखत र पोस्टमार्टम गरिनेछ । बाँकी शव भने गोरखामै राखिएको छ
काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे ।
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ।फेला परेका ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्। त्यस्तै, बाढीबाट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.