समाचार

    Showing 261-270 of 26,780 items.
  • भोटेकोशी विपत्तिपछि राहत कोष भरिँदै, डेढ दिनमै झन्डै २ अर्ब संकलन

    काठमाडौं । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले आह्वान गरेको राहत अभियानमा सहयोगको ओइरो लागेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् ।भोटेकोशीमा भीषण बाढी आएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसलगत्तै उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको हो । सरकारले कोषमा रकम संकलन र त्यसको समन्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 205 पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

    काठमाडौं /  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका छन् । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थ

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 176 पटक पढिएको
  • अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी

    काठमाडौं / अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको सरकारले जनाएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा मूल्याङ्कन भइरहेको छ । आवश्यक एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले घटनासम्बन्धी अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचना

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 127 पटक पढिएको
  • भोटेकोशी बाढी: १२१ विदेशी पर्यटकको उद्धार

    काठमाडौं / भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन् । त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्वीट्जरल्यान्डका १जना रहेका छन् । उद्धार गरिएका ३ जनाको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ ।बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्र प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 166 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा जोखिम मोल्दै चिनियाँ टोली, राहत र उद्धार जारी

    एजेन्सी / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ । शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्। सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो। टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 161 पटक पढिएको
  • रसुवा बाढी: टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

    काठमाडौं / भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् । वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुका अनुसार कैलाश मानसरोवर यात्राका लागि निजी ट्राभल अपरेटरमार्फत २८ जना तीर्थयात्रीको समूह अगस्ट २४ मा भागलपुर विमानस्थलबाट प्रस्थान गरेको थियो। समूहमा उनीहरूको परिवारका आठ जना सदस्य पनि थिए।एएनआईसँग कुरा गर्दै नायडुले समूह काठमाडौं पुगेपछि भिसा प्राप्त गर्न ढिलाइ भएका कारण तीन दिन त्यहीँ बस्नुपरेको बताए।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 210 पटक पढिएको
  • भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्धार, ६ सयभन्दा बढी अझै सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालका विभिन्न क्षेत्रमा अलपत्र परेका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटकमध्ये अधिकांश भारतीय नागरिक छन् ।हालसम्म ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । उद्धार गरिएका अन्य तीन पर्यटकको भने पहिचान खुल्न बाँकी छ ।तर, उद्धार अभियान चलिरहे पनि बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ । यसले विपत्तिपछि विदेशी पर्यटकको अवस्थाबारे थप चिन्ता बढाएको छ । विशेषगरी कैलाश मानसरोवर यात्राका लागि नेपाल हुँदै चीनतर्फ गएका

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 241 पटक पढिएको
  • भोटेकोशी बाढीको भयावह क्षति :४८९ शव फेला, अझै बेपत्ताको खोजी जारी

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । शुक्रबार मध्यान्हसम्म बाढी र त्यसपछिको विपत्तिमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको प्रहरीले जनाएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको छ ।सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन् । त्यसपछि नवलपरासी पूर्वमा ११२ र गोरखामा ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बाढीले नदी आसपासका बस्ती, सडक तथा आवतजावतका संरचनामा समेत ठूलो क्षति पुर्‍याएपछि उद्धार र खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।सम्पर्कविहीन तथा बेप

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 141 पटक पढिएको
  • बेपत्ताको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेनाले थप्यो जनशक्ति

    काठमाडौं / रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ । शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ । बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ ।  नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नाराय

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 170 पटक पढिएको
  • रसुवा बाढी अपडेट: ४८९ को मृत्यु ,२८ प्रहरी अझै सम्पर्कविहीन

    काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्।त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबा

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.