समाचार

    Showing 25,391-25,400 of 26,067 items.
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    सिरहा / सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लहान नगरपालिका-९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका-५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा मृत्यु भएको हो ।  त्यसैगरी आफ्नो घरमा मिटरको तार जोड्ने क्रममा विधुत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 97 पटक पढिएको
  • पोखरीमा डुबेर एकको मृत्यु

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार बेलुका पौने ६ बजे माछा मार्ने क्रममा सोरेन पोखरीमा बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश न.१ बिपत ब्यबस्थापन चन्द्रगढी झापाको प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहानको १० बजे शव फेला परेको थियो। शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्

    • प्रकाशित मितिः असार ७, २०७८
    • 197 पटक पढिएको
  • पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

    काठमाडौँ / अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर लक्डाउनका बेलामा बाहिर हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप बढिरहेको सङ्घले जनाएको छ ।सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्नकालागि छानबिनलाई कडाइ गर्दै कतै शङ्का लागेमा सोधिखोजी गरि दुरुपयोग भएको खण्डमा सम्बन्धित निकायमा खबर गर्न सङ्घले सबैलाई अनुरोध गरेको छ ।  

    • प्रकाशित मितिः असार ७, २०७८
    • 120 पटक पढिएको
  • बाढी प्रभावितलाई एनएमबि बैंकको राहत

    काठमाडौं / मनाङका बाढी प्रभावितलाई एनएमबी बैंकले राहत वितरण गरेको छ।एनएमबी बैंक मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा रहेको राहत वितरण कार्यक्रममा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको बैंकले जनाएको छ ।शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष कैलेश गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा सम्पूर्ण सामग्री वितरण गरेको बैंकले जनाएको छ । बाढीका कारण जोखिम अवस्थामा रहेका तीन नावालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 83 पटक पढिएको
  • लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

    मोरङ / सुन्दरहरैचा नगरपालिका -६ डिपुचोकवाट लागूऔषध सहित एक युवा पक्राउ भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन्।आइतबार दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ जानकारी दिएका छन्।प्रहरीले बिश्वकर्माले बोकेको ब्यागबाट डाएलेक्स डिसी १०० मिलि लिटरको  २५ बोतल, ३७५ ट्याबलेट निट्रावेट -१० र स्पास्मो प्रोक्सिवोन् प्लस  १४४ ट्याबलेट बरामद भएको जनाएको छ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 122 पटक पढिएको
  • मोटरेबल पुल बाढीले भत्कायो

    रुकुम / राप्तीस्थित मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । वडा न.४को सोलावाङ र वडा न.१२को बैरागीठाँटीलाई जोड्न बन्दै गरेको पक्की मोटरेबल पुल सोमबार बिहान साढे ३ बजे भत्किएको हो । ३५ मिटर लम्बाइको आरसीसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको छ। पुल आरसीसी प्रिस्टेज ब्रिज रहेको छ ।बाढीका कारण करिब ५ करोड क्षति भएको अनुमान गरिएको छ । बिम र स्ल्याबको काम पुनःसुरु गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका प्रतिनिधि  हिरा लामाले बताएका छन्।  विश्व बैंकको साढे ९ करोड सहयोगमा  पुल निर्माण भईराखेको  थियो ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 94 पटक पढिएको
  • लागूऔषध बेचबिखनमा संलग्न ३ भारतीय सहित ६ पक्राउ

    मोरङ / मोरङमा लागूऔषध गाँज ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज –१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय  रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् । यसैगरी भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षीय रनजित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको

    • प्रकाशित मितिः असार ६, २०७८
    • 169 पटक पढिएको
  • भिरबाट ढुंगा खसेर लाग्दा सेनाको जवानको मृत्यु

    बाजुरा  / बाजुराको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा भिरबाट खसेको ढुङ्गाले लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेका छन् ।  उनको कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।हिमाली गाउँपालिकाका –४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए ।  

    • प्रकाशित मितिः असार ६, २०७८
    • 88 पटक पढिएको
  • भक्तपुरमा पानी जमेको खाल्डोमा बालकको शव भेटियो

    ५ असार, काठमाडौं/ भक्तपुरमा पानी जमेको खाल्डो भित्र एक बालकको शव भेटिएको छ ।चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।रोजन शुक्रबार बिहान ११ बजेदेखि हराएपछि स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।a

    • प्रकाशित मितिः असार ५, २०७८
    • 107 पटक पढिएको
  • अन्तरिक्षबाट यस्तो देखियो नेपाल (फोटो फिचर)

    बिर्तामोड / काठमाडौँ स्थित अमेरिकी दूतावासले अन्तरिक्षबाट देखिएको नेपालका केही तस्विरहरु सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तरिक्षबाट प्राप्त गरेका केही तस्विर दूतावासले सार्वजनिक गरेको हो । दुतावासले चारओटा तस्विर सार्वजनिक गरेको छ । पहिलो तस्विर सोयुज एमएस–१२ क्रिउशीपले भारत, नेपाल र चीनमाथिबाट २ सय ५६ माइलको अन्तरिक्षमा परिक्रमा गर्दा खिचेको छ ।दोस्रो तस्वीरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले उत्तरी पाकिस्तानबाट २ सय ६३ माईलमाथि परिक्रमा गरिरहँदा भारत, नेपाल र चीनको बीचमा रहेको हिमालय क्षेत्रको दृश्य खिचेको छ ।तेस्रो तस्वीरमा नेपाल लगायतका मुलुकले साना उ

    • प्रकाशित मितिः असार ५, २०७८
    • 585 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.