रुकुम / राप्तीस्थित मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । वडा न.४को सोलावाङ र वडा न.१२को बैरागीठाँटीलाई जोड्न बन्दै गरेको पक्की मोटरेबल पुल सोमबार बिहान साढे ३ बजे भत्किएको हो ।
३५ मिटर लम्बाइको आरसीसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको छ। पुल आरसीसी प्रिस्टेज ब्रिज रहेको छ ।
बाढीका कारण करिब ५ करोड क्षति भएको अनुमान गरिएको छ । बिम र स्ल्याबको काम पुनःसुरु गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका प्रतिनिधि हिरा लामाले बताएका छन्।
विश्व बैंकको साढे ९ करोड सहयोगमा पुल निर्माण भईराखेको थियो ।