काठमाडौं / मनाङका बाढी प्रभावितलाई एनएमबी बैंकले राहत वितरण गरेको छ।

एनएमबी बैंक मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा रहेको राहत वितरण कार्यक्रममा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष कैलेश गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा सम्पूर्ण सामग्री वितरण गरेको बैंकले जनाएको छ ।

बाढीका कारण जोखिम अवस्थामा रहेका तीन नावालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।