काठमाडौँ / अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार
परिचयपत्र दुरुपयोग रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस
वक्तव्य जारी गर्दै पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग
बढेकाले रोक्न माग गरेका हुन् ।
गैरपत्रकारले
पत्रकारको परिचयपत्र लिएर लक्डाउनका बेलामा बाहिर हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप बढिरहेको
सङ्घले जनाएको छ ।
सङ्घले पत्रकार
परिचयपत्रको दुरुपयोग रोक्नकालागि छानबिनलाई कडाइ गर्दै कतै शङ्का लागेमा सोधिखोजी गरि दुरुपयोग भएको
खण्डमा सम्बन्धित निकायमा खबर गर्न सङ्घले सबैलाई अनुरोध गरेको छ ।
सङ्घले पत्रकार
परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सम्बन्धमा प्रेस स्वतन्त्रतालाई असर पर्ने
गतिविधि नगर्न सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।