बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा डुबेर मृत्यु भएको छ ।
आइतबार बेलुका पौने ६ बजे माछा मार्ने क्रममा सोरेन पोखरीमा बेपत्ता भएपछि
स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश न.१ बिपत ब्यबस्थापन चन्द्रगढी झापाको प्रहरी टोली र
स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहानको १० बजे शव फेला परेको थियो।
शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ जानकारी दिएका छन्।