सिरहा / सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लहान नगरपालिका-९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका-५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी आफ्नो घरमा मिटरको तार जोड्ने क्रममा विधुत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।