बिर्तामोड / काठमाडौँ स्थित अमेरिकी दूतावासले अन्तरिक्षबाट देखिएको नेपालका केही तस्विरहरु सार्वजनिक गरेको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तरिक्षबाट प्राप्त गरेका केही तस्विर दूतावासले सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

दुतावासले चारओटा तस्विर सार्वजनिक गरेको छ । पहिलो तस्विर सोयुज एमएस–१२ क्रिउशीपले भारत, नेपाल र चीनमाथिबाट २ सय ५६ माइलको अन्तरिक्षमा परिक्रमा गर्दा खिचेको छ ।

11 1

दोस्रो तस्वीरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले उत्तरी पाकिस्तानबाट २ सय ६३ माईलमाथि परिक्रमा गरिरहँदा भारत, नेपाल र चीनको बीचमा रहेको हिमालय क्षेत्रको दृश्य खिचेको छ ।

2 2

तेस्रो तस्वीरमा नेपाल लगायतका मुलुकले साना उपग्रहलाई पृथ्वीको कक्षमा छाड्दै गरेको समयको भएको दुतावासले उल्लेख गरेको छ ।

3 1

अन्तरिक्ष स्टेशनका २६ क्रिउ मेम्बरले खिचेको चौथो तस्विर सगरमाथा आसपासको क्षेत्रको रहेको छ। 

202304883_1104837306708325_4446013826174492428_n-1-1536x1021