मोरङ / सुन्दरहरैचा नगरपालिका -६ डिपुचोकवाट लागूऔषध सहित एक युवा पक्राउ भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन्।
आइतबार दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ जानकारी दिएका छन्।
प्रहरीले बिश्वकर्माले बोकेको ब्यागबाट डाएलेक्स डिसी १०० मिलि लिटरको २५ बोतल, ३७५ ट्याबलेट निट्रावेट -१० र स्पास्मो प्रोक्सिवोन् प्लस १४४ ट्याबलेट बरामद भएको जनाएको छ।