बाजुरा / बाजुराको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा भिरबाट खसेको ढुङ्गाले लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेका छन् । उनको कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
हिमाली गाउँपालिकाका –४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए ।