समाचार

    Showing 25,351-25,360 of 26,067 items.
  • कार्ययोजना पेश गर्न निर्देशन

    काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका विष्णु पौडेलले प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।मन्त्री पौडेलले विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा त्यस्तो निर्देशन दिएका हुन् ।उनले बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण र पुनर्निर्माण गर्ने कार्ययोजना तयार गरि तीन दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।बैठकमा संघीय मामिला, खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार, अर्थ मन्त्रालय लगायतका सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।विपद प्रभावित क्षेत्रमा राह

    • प्रकाशित मितिः असार १७, २०७८
    • 94 पटक पढिएको
  • आजदेखि आन्तरिक हवाई उडान खुल्यो

    काठमाडौं  / कोरोना भाइरस नियन्त्रणका लागि दुई महिना अगाडि बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उडान मन्त्रालयले आजदेखि नियमित रुपमा उडान शुरु गर्ने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान मात्रै गर्ने तयारी गरेको छ । पहिलाको तुलनामा ५० प्रतिशत अडानमात्रै हुनेछ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख

    • प्रकाशित मितिः असार १७, २०७८
    • 107 पटक पढिएको
  • राष्ट्र बैंकका सबै फेसबुक पेज नक्कली !

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत फेसबुक पेज सृजना गरी ठगी गरेको पाइएपछि बैंकले आज एक सूचना जारी गरेको छ।बैंकले हालसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकाले कुनै किसिमको भ्रममा नपर्न सूचना मार्फत आग्रह गरेको हो। सामाजिक सञ्जाल  फेसबुकमा राष्ट्र बैंकको नाम, लोगो र पुरानो भवनको तस्विर राखी विभिन्न पेज मार्फत भ्रामक जानकारी र सूचना पोष्ट गरिएको पाइएपछि बैंकले त्यस्ता पोस्टमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।बैंकले अनधिकृत रुपमा फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्नेगराउनेलाई साइबर अपराधसम्बन्धी कानूनबमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराएको छ ।

    • प्रकाशित मितिः असार १७, २०७८
    • 77 पटक पढिएको
  • डेविडफल , गुप्तेश्वर महादेवको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

    पोखरा / नेपाली कांग्रेस वडा समिति पोखरा-१७ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ। डेविडफल , गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर कायम गर्नुपर्ने मागसहित समितिले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समितिका सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका हुन् ।गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेविडफल  खोला ( फेवा बाँधदेखि डेविडफल  हुँदै फुस्रेखो

    • प्रकाशित मितिः असार १७, २०७८
    • 108 पटक पढिएको
  • नेपाल प्रहरीका कर्मचारीले बिना धितो ऋण पाउने

    काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकबाट नेपाल प्रहरीका कर्मचारीले बिना धितो ऋण पाउने भएका छन्। नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन र बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।बैंकबाट सञ्चालन हुने नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्ष सम्म सञ्चाल

    • प्रकाशित मितिः असार १७, २०७८
    • 117 पटक पढिएको
  • लागूऔषध सहित ६ जना पक्राउ

    बिर्तामोड / झापा, मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका –१ हटिया लाइनबाट ४ जना, झापाको मेचीनगर नगरपालिका –६ बाट  १ जना र सुनसरीको लौकहीबाट १ जना पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बेलबारी नगरपालिका –१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई डाइज्ल्याब १७ एम्पुल, फेनेर्गन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिगेसिक १७ एम्पुल सहित पक्राउ गरेको हो ।यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको

    • प्रकाशित मितिः असार १६, २०७८
    • 75 पटक पढिएको
  • कारागार भित्र कैदीको मृत्यु

    चितवन / जिल्ला कारागार चितवनमा क्षमता भन्दा बढी कैदीबन्दि हुदाँ कोरोना संक्रमणको जोखिम उच्च हुदैँ गएको छ । कारागारमा भौतिक संरचना अभावका कारण क्षमता भन्दा बढी कैदीबन्दि राख्न पर्ने भएकोले  सङ्क्रमण फैलन सक्ने भएको हो ।संरचना अभावका कारण कारागारमा रहेका कैदीबन्दिलाई सामान्य हिडँडुल देखि अन्य कार्य गर्न असहज हुने हुदाँ लामो समयसम्म एकै ठाउँ बस्नुपर्ने भएकाले स्वास्थ्यमा समेत समस्या देखिदै गएको कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिएका छन् ।कार्यालयमा कोरोना सङ्क्रमणका कारण सोमबार नवलपुरवाट ल्याईएका बन्दिको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको काफ्लेले बताएका छन्  

    • प्रकाशित मितिः असार १६, २०७८
    • 107 पटक पढिएको
  • समय अगावै काम सक्ने निर्माण व्यवसायी सम्मानित

    ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले समयअगावै काम सक्ने दुई निर्माण व्यवसायीलाई सम्मान गरेको छ । नगरपालिकाले आठौँ नगरसभाको अवसरमा नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो। निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने मोहन कार्कीलाई सम्झौता भएको समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकोमा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएक

    • प्रकाशित मितिः असार १६, २०७८
    • 161 पटक पढिएको
  • लागूऔषध सहित ३ पक्राउ

    बिर्तामोड / झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दमक नगरपालिका –५ घर भई शिवसतासी नगरपालिका –९ बस्ने २२ वर्षीय निगम लिम्बु, धरान उपमहानगरपालिका –८ का ३५ वर्षीय विमल भुजेल र धरान –१५ का ४१ वर्षीय आइतराज लिम्बू रहेका छन् । निगम लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नियन्त्रित औषधी डाइजापाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद गरेको छ ।  त्यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भुजेल

    • प्रकाशित मितिः असार १६, २०७८
    • 152 पटक पढिएको
  • गलत समाचार लेख्ने ६ अनलाईन बन्द

    काठमाण्डौ / प्रेस काउन्सिल नेपालले गलत र झुटो विवरण राखेर समाचार प्रकाशन गरेको भन्दै ६ वटा अनलाइनको प्रशारण बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।काउन्सिलले संचारकर्मी रुपा सुनारले गरेको उजुरी माथि छानविन गरी नेपाल सरकारको अनुमति विना संचालनमा रहेका र भ्रमपुर्ण समाचार प्रकाशन गर्ने छ वटा  अनलाईन बन्द गर्न निर्देशन दिएको हो ।भ्रमपुर्ण समाचार प्रकाशन गर्ने खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टीपोस्ट, ग्यालेक्सीसेभेनएक्प्रेस, आजकोनयाँ र साजामिडियालाई नेपालभित्र प्रशारण हुन नसक्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।रूपाले आफ्नो विषयमा भ्रामक समाचार

    • प्रकाशित मितिः असार १५, २०७८
    • 84 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.