काठमाण्डौ / प्रेस काउन्सिल नेपालले गलत र झुटो विवरण राखेर समाचार प्रकाशन गरेको भन्दै ६ वटा अनलाइनको प्रशारण बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
काउन्सिलले संचारकर्मी रुपा सुनारले गरेको उजुरी माथि छानविन गरी नेपाल सरकारको अनुमति विना संचालनमा रहेका र भ्रमपुर्ण समाचार प्रकाशन गर्ने छ वटा अनलाईन बन्द गर्न निर्देशन दिएको हो ।
भ्रमपुर्ण समाचार प्रकाशन गर्ने खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टीपोस्ट, ग्यालेक्सीसेभेनएक्प्रेस, आजकोनयाँ र साजामिडियालाई नेपालभित्र प्रशारण हुन नसक्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
रूपाले आफ्नो विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेकी थिइन् ।