काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकबाट नेपाल प्रहरीका कर्मचारीले बिना धितो ऋण पाउने भएका छन्। नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन र बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

OM Sai Pathibhara Hospital

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

बैंकबाट सञ्चालन हुने नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्ष सम्म सञ्चालन हुने र प्रहरी कर्मचारीले बैंकबाट बिना धितो कर्जा पाउने सम्झौता भएको छ । 

कार्यक्रममा श्रेष्ठले कोरोना महामारीमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र सेनिटाईजर हस्तान्तरण गरेका छन्।