बिर्तामोड / झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा दमक नगरपालिका –५ घर भई शिवसतासी नगरपालिका –९ बस्ने २२ वर्षीय निगम लिम्बु, धरान उपमहानगरपालिका –८ का ३५ वर्षीय विमल भुजेल र धरान –१५ का ४१ वर्षीय आइतराज लिम्बू रहेका छन् । 

OM Sai Pathibhara Hospital

निगम लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नियन्त्रित औषधी डाइजापाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद गरेको छ ।  

त्यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भुजेल र लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट तीन ग्राम ब्राउनसुगर र एक बोतल डाईलक्स डि.सी. बरामद गरेको छ ।