चितवन / जिल्ला कारागार चितवनमा क्षमता भन्दा बढी कैदीबन्दि हुदाँ कोरोना संक्रमणको जोखिम उच्च हुदैँ गएको छ कारागारमा भौतिक संरचना अभावका कारण क्षमता भन्दा बढी कैदीबन्दि राख्न पर्ने भएकोले  सङ्क्रमण फैलन सक्ने भएको हो

संरचना अभावका कारण कारागारमा रहेका कैदीबन्दिलाई सामान्य हिडँडुल देखि अन्य कार्य गर्न असहज हुने हुदाँ लामो समयसम्म एकै ठाउँ बस्नुपर्ने भएकाले स्वास्थ्यमा समेत समस्या देखिदै गएको कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिएका छन्

OM Sai Pathibhara Hospital

कार्यालयमा कोरोना सङ्क्रमणका कारण सोमबार नवलपुरवाट ल्याईएका बन्दिको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको काफ्लेले बताएका छन्  ।  

जिल्ला कारागार चितवनमा २५ महिलाको क्षमता रहेकोमा ५१ र २ सय ५५ पुरुषको क्षमता भएकोमा ६ सय २३ कैदीबन्दी रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।