काठमाडौं  / कोरोना भाइरस नियन्त्रणका लागि दुई महिना अगाडि बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उडान मन्त्रालयले आजदेखि नियमित रुपमा उडान शुरु गर्ने जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान मात्रै गर्ने तयारी गरेको छ । पहिलाको तुलनामा ५० प्रतिशत अडानमात्रै हुनेछ । 

OM Sai Pathibhara Hospital

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलले कोभिड –१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड / प्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरीवेक्षण समितिसमेत गठन गरिएको छ ।