काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका विष्णु पौडेलले प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा त्यस्तो निर्देशन दिएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण र पुनर्निर्माण गर्ने कार्ययोजना तयार गरि तीन दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।

बैठकमा संघीय मामिला, खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार, अर्थ मन्त्रालय लगायतका सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

विपद प्रभावित क्षेत्रमा राहत उपलब्धि गराउन , सडक खुलाउन र अत्यावश्यक संरचना पुनर्निर्माण गर्न निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी गराएका छन् ।