ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण
नगरपालिकाले समयअगावै काम सक्ने दुई निर्माण व्यवसायीलाई सम्मान गरेको छ । नगरपालिकाले आठौँ
नगरसभाको अवसरमा नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने
ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।
निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने
मोहन कार्कीलाई सम्झौता भएको समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकोमा सम्मान गरिएको नगरप्रमुख
मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
योजना जिम्मा लिएर निर्माण
गर्ने कार्य अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर
योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको श्रेष्ठको भनाइ छ ।
चक्रपथ निर्माणको योजना अन्तर्गत
निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ वरिपरिका पहिलो खण्ड
रुम्जाटारदेखि सानीटार, वनपालेदेखि बुलादी, देउरालीदेखि
फेदे सडक तीन वर्षमा
बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन
कन्सर्न प्रालि बालाजु
काठमाडौँले ठेक्का लिएको थियो ।
वि सं २०७८ पुस २१ गतेसम्म म्याद राखेर
वि सं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८००
मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको हो।