काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई सम्झिदै उनि बहुमुखी प्रतिभाका धनी रहेको बताएका छन् ।पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि बिपीले गरेका सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा सभापति देउवाले जोड दिएका छन् । कार्यक्रममा सांसद एवं समाजवादी चिन्तक प्रदीप गिर
उदयपुर / लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका – ३ बस्ने २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।मंगलबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सुनसरी / प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान - १६ का १९ वर्षीय कुमार तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।मंगलबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट धरान उपमहानगरपालिका - ८ तिनकुनेबाट परिचालन भएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी स्पास्पेन् १५०० ट्याब्लेट र ट्रामोल ५० एमजी १५०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी कानुनी प्रक्रियाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
देउखुरी / बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् । अभियुक्तद्वयले बुधबार बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा बाघको छाला बोकी हिँडिरहेका बेला जिल्लाबाट परिचालित प्रहरी टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला, ४ इन्च लामो नङ्ग्रा र जुँगा सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । ब
कर्णाली / मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताएका छन् । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र&n
मकवानपुर / लागूऔषध गाँजा सहित प्रहरीले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिएका छन् ।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले बिहान पौने ३ बजे ना. ८ ख ८२८४ नम्बरको ट्रकभित्र ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजा फेला पारेको हो । हेटौंडा–नारायणघाट सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त परिमाणको गाँजा बरामद गरेको र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
डडेल्धुरा / छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिएका छन् । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।
चितवन / जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिएका छन् । अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो ।गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ स
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहि
जनकपुर / जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उनले भने, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।”भारत सरकारले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.