काठमाडौं— आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार
विराटनगर— इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए।खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्ध
सुर्खेत— भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २०८ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका कर्णालीका २६५ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये ५७ जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी २०८ जनाको अवस्था अझै अज्ञात छ ।सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका तथा त्यहाँका विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । बाढीका कारण उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो
काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत पर्ने गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ।क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार गत बुधबार बिहान नेपालतर्फबाट सुरु भएको पहिरो केरुङ पोर्टसम्म पुगेपछि ठूलो क्षति भएको हो। पहिरोले नाका क्षेत्रमा रहेका संरचना तथा आवागमनमा समेत गम्भीर असर पुर्याएको बताइएको छ।शुक्रबार अपराह्न ३ बजेसम्म प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव उद्धारकर्मीले फेला पारेका छन्। तर, ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।पहिरोब
चितवन । रसुवामा आएको भीषण बाढीपछि चितवनमा संकलन गरिएका २३३ शव तथा शवका अवशेषमध्ये २२९ वटाको पहिचान हुन नसकेपछि व्यवस्थापन गर्ने तयारी गरिएको छ।सम्बन्धित निकायका अनुसार चारवटा शवको मात्रै पहिचान भएको छ। बाँकी शव तथा अवशेष लामो समयदेखि सडगलिसकेको र थप पहिचान गर्न कठिन हुने अवस्था रहेकाले सम्भावित संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्दै व्यवस्थापन गर्न लागिएको हो।पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्दा कानुनी प्रक्रिया पूरा गरिने जनाइएको छ। साथै मृतकप्रति सम्मान कायम राख्दै धार्मिक तथा सामाजिक संवेदनशीलतालाई ध्यानमा राखेर शव तथा अवशेषको अन्तिम व्यवस्थापन गर्ने तयारी गरिएको छ।रसुवामा आएको बाढीले ठू
देशबन्धु बिश्वामित्र :चीनको सर्वोच्च सैन्य संरचना सेन्ट्रल मिलिटरी कमिसन (सिएमसि) बाट वरिष्ठ सैन्य अधिकारी झाङ युशिया र लिउ झेनलीलाई हटाउने निर्णयले चिनियाँ घरेलु राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। अनुशासन उल्लंघन तथा पार्टीप्रतिको निष्ठामा प्रश्न उठेको भन्दै लामो समयदेखि छानबिनमा रहेका यी दुई अधिकारीलाई राष्ट्रिय जनकांग्रेसको स्थायी समितिले औपचारिक रूपमा पदमुक्त गरेपछि चीनको सैन्य नेतृत्वभित्र भइरहेको शक्ति पुनर्संरचनाबारे गम्भीर प्रश्न उठेका छन्।झाङ युशिया चिनियाँ सेनाका सबैभन्दा वरिष्ठ वर्दीधारी अधिकारीमध्ये एक थिए भने लिउ झेनली संयुक्त सैन्य स्टाफ विभागका प्रमुख थिए। दुवै अधिकारी लामो सैन्य
देवेन्द्र किशोर ढुङगाना \ नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीले रसुवा, भोटेकोशी, नुवाकोट हुँदै त्रिशूली नदी प्रणालीसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। सडक, पुल, जलविद्युत् आयोजना, होटल, व्यापारिक संरचना र बस्तीमा भएको क्षतिले नेपालको हिमाली क्षेत्रमा विपद्को जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ। यसको प्रभाव नेपालमा मात्र सीमित नभई तिब्बत, चीन र भारतसम्मको नदी प्रणाली र जनजीवनसँग जोडिएको विषय बनेको छ। त्यसैले अहिले विश्व समुदायको ध्यानसमेत यस क्षेत्रतर्फ केन्द्रित हुनु स्वाभाविक हो।यो घटना केवल एउटा बाढीको कथा होइन। हिमालयमा हुने भारी व
काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ ।यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय ९एमईए०का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्। विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ।एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले तेस्रो विमानमा करिब १२–१३ टन मानवीय सहायता सामग्री पठाइने र योजना अनुसार उक्त विमान उडेको खण्डमा नेपालमा भारतले पठाएको कुल राहत सामग्री करिब ६० टन पुग्ने बताए।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जायसवालले भने, ‘विपत्ति सुरु भएल
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ ।बाढीबाट घाइते तथ
काठमाडौं । नेपाल–तिब्बत सीमा नजिक ग्यिरोङ क्षेत्रमा पहिरोले नदी थुनेर बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न चिनियाँ उद्धारकर्मी तथा विपद् विज्ञहरूको टोली घटनास्थल पुगेको छ ।सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको ब्यारियर लेकको अवस्था थप गम्भीर बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विज्ञ टोलीले तालको बाँध तथा पानीको सतहको प्रत्यक्ष निगरानी थालेको हो ।चिनियाँ सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो दुईवटा विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारमा पुगेका थिए । टोलीले घटनास्थलमै रहेर तालको अवस्था, बाँधको स्थायित्व र सम्भावित जोखिमबारे प्राविधिक मूल्याङ्कन गरिरहेको छ ।जोखिमको तत्काल आँकलन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.