समाचार

    Showing 23,681-23,690 of 26,027 items.
  • किशोरीमाथि जबर्जस्ती करणीको घटना सार्वजनिक भएपछि , युवक पक्राउ

    झापा / पूर्वी नवलपरासीमा एक किशोरीमाथि जबर्जस्ती करणीको घटना सार्वजनिक  भएपछि बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया किशोरीले गर्भपतन गरेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कारमा संलग्न कावासोती २ का २४ वर्षीय विमल कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार उनले गएको पुस १७ गते स्थानीय एक होटेलमा लगेर किशोरीलाई ललाइफकाइ करणी गरेका थिए । घटनालाई किशोरी र युवक दुवैले स्वीकार गरेका प्रहरीले जनाएको छ । किशोरीको महिनावारी रोकिएपछि औषधी सेवन गरी गर्भपतन गराउँदा अत्यधिक

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 55 पटक पढिएको
  • सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

    काठमाडौं / सर्वोच्च अदालतमा भोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो ।बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको हो ।सो अवधिमा मुद्दा फिर्ता, त

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 52 पटक पढिएको
  • प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

    काठमाडौँ  / नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् ।प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताएका हुन् । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भने । पद थप गर्दा प्रहरी कर्मचारीको सेव

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 71 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी झापामा भारतीय नागरिकको मृत्यु

     बिर्तामोड / झापाको कचनकवल ४ केचनामा मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने, तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।घाइते सिंहको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्  । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 64 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परि एक भारतीयको मृत्यु

    बिर्तामोड  / झापाको कचनकवल –४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।  भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर ३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ठोकिएको थियो । मृत्यु हुनेमा भारतीय नागरिक सञ्जीव सिंह रहेका छन । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 58 पटक पढिएको
  • कोरोना संक्रमण फैलिएपछि सर्वोच्च अदालतका सेवा कटौती

    काठमाडौँ / सर्वोच्च अदालतले कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि माघ १८ गते सम्म सेवा कटौती गरेको छ । न्यायाधीश, मुख्य रजिस्ट्रार लगायत हालसम्म ३१ जनामा संक्रमण देखिएकाले सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न माघ १८ गतेसम्म सर्वोच्चले सेवा कटौती गरेको हो । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड –१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्र सम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुन

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 40 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयमा कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै उजुरी

    काठमाडौं / राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइरहेको भन्दै अध्यक्ष महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।नेपालका निजी अस्पतालहरूले ऐन्टिजेन परीक्षण गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर परीक्षण बापत निजी अस्प

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 76 पटक पढिएको
  • सवारी दुर्घटनामा १ को मृत्यु, ५ घाईते

    बिर्तामोड  / उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्धिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन । मृत्यु हुनेमा कटारी ८ का ३८ वर्षीय बिक्रम राना मगर रहेका छन । हिजो बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भइरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी ८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 50 पटक पढिएको
  • चन्द्रागिरिमा चक्कु प्रहारबाट एकको मृत्यु

    काठमाडौँ /  काठमाडौंको चन्द्रागिरि नगरपालिका –८ गुर्जुधारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् । मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीले जनाएको छ ।हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ । सामान्य विवादमा झगडा हुँदा उनीहरूले रिजाललाई चक्कु प्रहार गरेको प्रहरीको अनुमान छ । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 56 पटक पढिएको
  • ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेपछि

    झापा / बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको छ । गएको पुस २५ मा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार  गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका –८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानू र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका –७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो । उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.