काठमाडौँ / सर्वोच्च अदालतले कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि माघ १८ गते सम्म सेवा कटौती गरेको छ । 

न्यायाधीश, मुख्य रजिस्ट्रार लगायत हालसम्म ३१ जनामा संक्रमण देखिएकाले सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न माघ १८ गतेसम्म सर्वोच्चले सेवा कटौती गरेको हो । 

OM Sai Pathibhara Hospital

सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड –१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ । 

मुद्दा फिर्ता, तामेली एवं मिलापत्र सम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने भएको छ ।

यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ ।

मुद्दा र निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।