झापा / पूर्वी नवलपरासीमा एक किशोरीमाथि जबर्जस्ती करणीको घटना सार्वजनिक  भएपछि बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया किशोरीले गर्भपतन गरेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कारमा संलग्न कावासोती २ का २४ वर्षीय विमल कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार उनले गएको पुस १७ गते स्थानीय एक होटेलमा लगेर किशोरीलाई ललाइफकाइ करणी गरेका थिए । घटनालाई किशोरी र युवक दुवैले स्वीकार गरेका प्रहरीले जनाएको छ । 

किशोरीको महिनावारी रोकिएपछि औषधी सेवन गरी गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि घटना बाहिरिएको हो । युवकलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।