झापा / बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको छ ।
गएको पुस २५ मा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका –८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानू र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।
दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका –७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।