काठमाडौं / राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइरहेको भन्दै अध्यक्ष महर्जनले कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।
नेपालका निजी अस्पतालहरूले ऐन्टिजेन परीक्षण गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर परीक्षण बापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको मञ्चले जनाएको छ ।
पीसीआर परीक्षणकाे लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८०० भन्दा बढी परीक्षण शुल्क कदापी हुन नसक्ने मञ्चको दाबी छ ।