समाचार

    Showing 23,511-23,520 of 26,027 items.
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाउपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् । हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 112 पटक पढिएको
  • वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता पाठकको निधन

    काठमाडौं / जसपाका केन्द्रीय नेता वरिष्ठ अधिवक्ता  प्रेमकृष्ण पाठकको  आइतबार निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।२०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए ।उनको आजै ३ बजे पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने स्वर्गीय पाठककी छोरी नम्रता शर्माले जानकारी दिइन् । 

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 57 पटक पढिएको
  • लागूऔषधसहित दुई पक्राउ

    काठमाडौं /  नेपाल प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागूऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।पक्राउ परेक

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 70 पटक पढिएको
  • दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता

    काठमाडौं / विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मङ्सिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरू एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ताका गणना गरिएको छ ।२०७६ मङ्सिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्यनको अनुपातमा ११८ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । कतिपय एकै व्यक्तिले दोहोर

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 57 पटक पढिएको
  • मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन

    झापा / एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रूपन्देहीले धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 66 पटक पढिएको
  • देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए पछि.............

    झापा / सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।सप्तरीको बोदेबर्साइन नगरपालिका- १ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।राजकुमारीका ३० वर्षीय पति रबिन कुमारले आफू काम विशेष

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 103 पटक पढिएको
  • यू १९ विश्वकपको उपाधि भारतलाई

    एजेन्सी / यू १९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इङ्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सर्वाधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बाबाले ३४ रन जोडे ।इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जोम्स सेल्सले समान दुई - दुई वेकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । इङ्ग्ल्यान्डको लागि जेम्स रेवले सर्वाधिक ९५ रन जोडेका थिए । उनले १ सय १

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 99 पटक पढिएको
  • हिउँले कठ्याङ्ग्रिएर जुम्लामा महिलाको मृत्यु

    झापा / जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीया जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी कोर्न गएको बेला उनको यही माघ २१ गते निधन भएको हो । पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उनको मृत्यु भएछु, देवीलालले भने, गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जङ्गलमा मृतावस्थामा भेटियो । सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 58 पटक पढिएको
  • आज देशभरको मौसम सफा रहने

    काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 57 पटक पढिएको
  • आजदेखि मौसममा सुधार हुने

    काठमाडौँ / पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ ।देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.