काठमाडौं / विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मङ्सिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरू एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ताका गणना गरिएको छ ।

OM Sai Pathibhara Hospital

२०७६ मङ्सिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्यनको अनुपातमा ११८ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोगकर्ताको संख्या जनसङ्ख्याभन्दा धेरै देखिएको हो ।

प्राधिकरणको एमआईएस रिपोर्टअनुसार अहिले इन्टरनेट बजारमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेटकै दबदबा छ । तर, फिक्स्ड ब्रोडब्यान्डतर्फ पनि ग्राह तीव्र दरमा बढेका छन् ।

२०७६ मंसिरमा मोइबल इन्टरनेटको बजार ७८ प्रतिशत र फिक्स्ड लाइनट इटरनेटको २१ प्रतिशत थियो । अहिले मोबाइल इन्टरनेटको बजार घटेर ७४.६३ प्रतिशत र फिक्स्डलाइनको बढ्दै २४।७७ प्रतिशतमा पुगेको छ ।

यो अवधिमा नेपाल टेकिलमको एडीएसल प्रयोगकर्ता ९ लाख ६६ हजारबाट घटेर ६ लाख ४२ मा झरेको छ ।  तर, फाइबर इन्टरनेटका प्रयोगमर्ता ३६ लाख १५ हजारबाट बढेर ८२ लाख ८१ हजारमा पुगेको छ ।

यो अवधिमा मोइबल इन्टरनेट प्रयोग गर्नेको संख्या करिब १ करोड ४ लाखले वृद्धि भयो । २०७६ मङ्सिरमा १ करोड ६५ लाख ६१ हजार रहेको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले २ करोड ६९ लाख ३ हजार पुगेको छ ।

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तार सहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ठूलो सङ्ख्यामा ग्राहक संख्या विस्तार गरेका थिए ।

स्मार्टफोनको प्रयोगले मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । नेपाल टेलिकमको एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले ‘आइस्पान’ महामारी सुरु भएपछि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा उछाल आएको बताउँछ । महामारीमा ‘वर्क फर्म होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको हुन् । मोबाइल डाटाले काम चलाएका हरुलाई फिक्स्ड लाइन इन्टरनेट जरुरत पर्‍यो ।

महामारीमा घरबाटै काम गर्नेहरूले डेटाभन्दा छिटो र गुणस्तरीय भएकाले पनि फाइबर अप्टिक इन्टरनेट जोडेको कम्पनीहरु बताउँछन् । युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्नुपर्ने अवस्थाले पनि इन्टरनेट नजोडी घरमा बस्न नै मुस्किल भइदियो ।

घरबेटी वा छरछिमेकको इन्टरनेटबाट काम चलाएकाहरुले पनि यो अवधिमा इन्टरनेट सेवा जोडका छन् ।  पछिल्लो वर्ष गाउँका स्वास्थ्य चौकी, विद्यालय लगायतमा सरकारले नै इन्टरनेट सेवा पुर्‍याएको छ । नेपाल टेलिकम र एनसेलको फोरजी प्रतिस्पर्धा गाउँसम्म पुग्दा इन्टरनेट सेवा विस्तार र प्रयोग बढेको हो ।