झापा / एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रूपन्देहीले धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।

OM Sai Pathibhara Hospital

विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन ।