एजेन्सी / यू १९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इङ्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।

१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सर्वाधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बाबाले ३४ रन जोडे ।

OM Sai Pathibhara Hospital

इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवालजोम्स सेल्सले समान दुई - दुई वेकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । इङ्ग्ल्यान्डको लागि जेम्स रेवले सर्वाधिक ९५ रन जोडेका थिए । उनले १ सय १६ बलमा १३ चौका प्रहार गरेका थिए ।

त्यस्तै जेम्स सेल्सले ३४ रन, जर्ज थोमसले २७ रन जोडे भने अन्यको प्रदर्शन सम्झन लायक रहेन । भारतका लागि राज बावाले ५ विकेट, राज कुमारले ४ विकेट लिए ।