बिर्तामोड / कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाउपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् । हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।