समाचार

    Showing 23,491-23,500 of 26,027 items.
  • ब्राउन सुगरसहित तीन जना पक्राउ

    काठमाडौं / काठमाडौंमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका- १० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।  पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका-११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भीमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेश खत्री छन् । पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको एसपी मैनालीले बताए ।&n

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 60 पटक पढिएको
  • विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने

    काठमाडौं / सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । यो संगै विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । चुनावको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउँने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।उनका अनुसार निर्वाचनको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० चाहिन्छ । तर चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । सो कारण समय कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने भएको छ ।हिजो वैशाख ३० गते सरकारले एकैपटक स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि निर

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 108 पटक पढिएको
  • मृतावस्थामा गैँडा फेला

    चितवन/ चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 61 पटक पढिएको
  • मुगुका सांसद बानियाँमाथि बलात्कारको आरोप

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 34 पटक पढिएको
  • बँदेलको आक्रमणबाट बाजुरामा एकको मृत्यु

    बाजुरा / बँदेलको आक्रमणबाट बैतडी बुढीनन्दा नगरपालिका–३ चोलुका एक किशोरको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।सोमबार दिउँसो गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको वडाध्यक्ष रामबहादुर बोहोराले जानकारी दिएका छन् । वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले आक्रमण गर्दा घाईते भएका विष्टलाई उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराले बताएका छन् ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 53 पटक पढिएको
  • अध्यक्ष श्रेष्ठद्वारा आर्थिक राष्ट्रिय दैनिकका सम्पादकलाई छुरी हान्ने धम्की

    झापा / सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले एक दैनिक पत्रिकाका सम्पादकलाई छुरी हान्ने धम्की दिएका छन् । उनले आर्थिक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक प्रल्हाद रिजाललाई यस्तो धम्की दिएका हुन् । प्रकाशित समाचारको विषयमा कुराकानी गर्न श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रेस युनियनका निवर्तमान महासचिव अजय बाबु सिवाकोटीलाई प्रयोग गरेर हिमालय होटलमा पुगेका थिए । रिजाललाई भेटको क्रममा श्रेष्ठले छुरी हान्ने धम्की दिएका हुन् ।आइतबार भएको उनीहरूबीचको भेटघाटमा श्रेष्ठले ‘मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पुर्याइदिनुस्,

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 81 पटक पढिएको
  • चोरी मुद्दामा फरार रहेका अभियुक्त २३ वर्षपछि पक्राउ

    झापा  / गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका –२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।न्यौपानेलाई वि सं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका –७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँगै कोभिड –१९ सङ्क्रमण देख

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 94 पटक पढिएको
  • आज पनि मौसममा खराबी : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौँ /  केही दिनको खराब मौसमका कारण हिमपात, वर्षासँगै चिसो बढेको थियो भने हिजो मौसम खुलेको थियो । तर  आज पुनः मौसममा खराबी देखिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केही भूभागमा भने हुस्सु र कुहिरो लागेकोले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अ

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 100 पटक पढिएको
  • करेन्ट लागेर १ जनाको मृत्यु

    झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा बिद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका ४ का ४८ वर्षीय सूर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युत्को पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 65 पटक पढिएको
  • चरेस सहित दुईजना पक्राउ

    झापा / दाङमा प्रहरीले करिब आठ किलो लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।दाङको घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनवाङ घर भई घोराही- १४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही- १८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 88 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.