झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा बिद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका ४ का ४८ वर्षीय सूर्य प्रकाश लिम्बुको मृत्यु भएको छ ।

आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युत्को पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।