झापा / सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले एक दैनिक पत्रिकाका सम्पादकलाई छुरी हान्ने धम्की दिएका छन् । उनले आर्थिक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक प्रल्हाद रिजाललाई यस्तो धम्की दिएका हुन् ।

 प्रकाशित समाचारको विषयमा कुराकानी गर्न श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रेस युनियनका निवर्तमान महासचिव अजय बाबु सिवाकोटीलाई प्रयोग गरेर हिमालय होटलमा पुगेका थिए । रिजाललाई भेटको क्रममा श्रेष्ठले छुरी हान्ने धम्की दिएका हुन् ।

OM Sai Pathibhara Hospital

आइतबार भएको उनीहरूबीचको भेटघाटमा श्रेष्ठले ‘मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पुर्याइदिनुस्, म त्यो समाचार लेख्ने सम्पादकलाई छुरी हान्छु भनेकी छिन्,’ भन्दै धम्की दिएका थिए ।