झापा / दाङमा प्रहरीले करिब आठ किलो लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
दाङको घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनवाङ घर भई घोराही- १४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही- १८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।