समाचार

    Showing 23,361-23,370 of 26,027 items.
  • सिक्देलको हत्या अभियोगमा श्रीमती र उनका प्रेमी पक्राउ

    बिर्तामोड / झापाको दमक ५का दिनेश सिक्देलको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिक्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको प्रहरीले जनाएको हो ।योजनावद्ध रुपमा प्रेमीसँग मिलेर अनिताले श्रीमानको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिएका छन् । अनिता र सरोजले सिग्देलको विभत्स तवरले हत्या गरी धरान ४ सडकखण्डको जङ्गलमा जेब्रा झोलामा हालेर फ्याँकिएको अवस्थामा शव फेला परेको थियो ।गत बुधबार सिक्देलको टाउको र दाहिने खुट्टा जेब्रा झोलामा फेला परेको

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 84 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित पक्राउ

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका १२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर -१२ का कुनाल सिंह रहेका छन । हिजो बेलुकी पौने ५ बजे विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई  ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को ३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 120 पटक पढिएको
  • जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 29 पटक पढिएको
  • मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका बिकको मृत्यु, दुईजना घाइते

    झापा  / बागलुङको बडिगाड गाउँपालिका –७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बडिगाड गाउँपालिका –७ का गोपिराम बिक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।पहिरोमा परेर स्थानीयवासी कृष्ण बिक र दुर्गा बिक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 63 पटक पढिएको
  • चन्द्रागिरिमा खोलामा डुबेर बालकको मृत्यु

    काठमाडौं  / चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका –७ घर भई हाल चन्द्रागिरि –१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने गोप्य राखिएको छ ।प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फरेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।शवमा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 60 पटक पढिएको
  • अवैध रुपमा औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा सञ्चालित नेति फर्मा र  डे – ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरे सँगै उक्त औषधी खरिद गरी लागूऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमति बिना अवैध रुपमा महङ्गो मूल्यमा  लागूऔषध दुर्व्यसनीमा लागेका ब्यक्तिहरूलाई औषधी अनधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको आर आई टी समुह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 67 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    झापा / महोत्तरी जिल्लाको जलेश्वर – मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका –६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका –३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा –६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४ प ९१७१ नं को मोटरसाइकललाई विपरीत दि

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 57 पटक पढिएको
  • सुन तस्करी गर्न खोज्ने दुई विदेशी विमानस्थलबाट पक्राउ

    काठमाडौं / नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।विशेष सूचनाका आधारमा सोमवार हिमालय एयरलाइन्सबाट दुबईबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद उल्ल्लाह माथि अनुसन्धान गर्दा सुन सहित पक्राउ गरिएको हो । प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ ‘डिटेक्ट’ गर

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 67 पटक पढिएको
  • स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

    झापा / सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएकाका छन् ।  मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिकामा स्थानीय माथि आक्रमण गरेको हो ।घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशङ्कामा स्थानीय त्रसित बनेका छन् ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 67 पटक पढिएको
  • जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

    बिर्तामोड / धरानको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।शव झापाको दमक नगरपालिका –५ का दिनेश सिग्देलको भएको  प्रहरीले जनाएको छ ।४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । पारिवारिक कारण सिग्देलको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.