झापा / सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएकाका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिकामा स्थानीय माथि आक्रमण गरेको हो ।
घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशङ्कामा स्थानीय त्रसित बनेका छन् ।