काठमाडौं / नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

विशेष सूचनाका आधारमा सोमवार हिमालय एयरलाइन्सबाट दुबईबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद उल्ल्लाह माथि अनुसन्धान गर्दा सुन सहित पक्राउ गरिएको हो । प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ ‘डिटेक्ट’ गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै उनले नै लगाएको भित्री वस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन संकलन गर्ने कार्यमा साहको समेत संलग्नता देखिन आएकाले दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।