झापा  / बागलुङको बडिगाड गाउँपालिका –७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका –७ का गोपिराम बिक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।
पहिरोमा परेर स्थानीयवासी कृष्ण बिक र दुर्गा बिक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।