समाचार

    Showing 23,331-23,340 of 26,027 items.
  • रुसी आक्रमणमा परेर सबैभन्दा ठूलो हवाईजहाज ध्वस्त

    काठमाडौं  / संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख गरेको हो ।राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमानमा आक्रमणमा परेर ध्वस्त भएको छ ।युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राखिएको उक्त विमानलाई ध्वस्त पारे पनि रुसी आक्रमणले युक्रेनको सपना ध्वस्त पार्न नसकिने युक्रेनी परराष्ट्र मन्त्री डिम्रिटो कुलेभाले ट्वीट गर्नुभएको छ ।एन्टोनोभ कम्पनीले जारी गरेको ट्वीटमा सो विमान ध्वस्त भएको भन्ने बारे स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 133 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-५ स्थित मेचीखोला बगरबाट लागू औषध सहित २ जना र  मेचीनगर-६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-३ का १९ वर्षीय अभिषेक श्रेष्ठ, भारत दार्जिलिङ का २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई-१ का २३ वर्षीय जोसेफ थापा रहेका छन ।हिजो दिउसो मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपाल तर्फ आँउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरूको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र अवैध लागूऔषध सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 73 पटक पढिएको
  • नयाँ बानेश्वर र बनेपामा भेटियो नो एमसीसी लेखिएको शंकास्पद वस्तु

    काठमाडौं / नयाँ बानेश्वरको सडकमा नो एमसीसी लेखिएको कुकर शंकास्पद रुपमा छाडिएको फेला परेको छ ।संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ । त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरीले जनाएको छ । सीटीईटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यता काभ्रेको बनेपामा पनि आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।बनेपाको पुल बजारको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारे

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 71 पटक पढिएको
  • पहिरोमा पुरिए पाँचवटा सवारी

    झापा  / बनेपा नगरपालिका –१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँच वटा सवारी साधन पुरिएका छन् ।दुई वटा स्काभेटर, ३ वटा टिपर र १ वटा निशान गाडी पुरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको थियो ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 59 पटक पढिएको
  • बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

    बाँके / बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन्।६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दुख र हैरानी खेप्नुपरेको छ। पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 53 पटक पढिएको
  • मोटरसाइकलसँग हायश ठोक्किँदा एकजनाको मृत्यु

    झापा / दाङको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किँदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा  ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-१८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेका छन् ।त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर-१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 64 पटक पढिएको
  • बन्द गराउँदै हिँडेका ६ जना पक्राउ

    झापा / एमसिसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न पार्टीको बन्दको प्रभाव काठमाडौंमा सामान्य देखिएको छ । बन्द गराउँदै हिँडेका ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।   

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 65 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी दर्ता

     काठमाडौ//नाबालिका  गायिकामाथि बलात्कार गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी  दर्ता  भएको छ।  अर्को किटानी जाहेरी दर्ता  गराउन आइतबार उनी आफन्तहरूसहित  गैंडाकोटस्थित नवलपरासीको  इलाका प्रहरी कार्यालयमा पुगेकी हुन्।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा  उल्लेख गरिएको छ।  जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 164 पटक पढिएको
  • पूर्वमन्त्री श्रेष्ठ माथि भ्रष्टाचारको मुद्दा

    काठमाडौं / पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।शिक्षक पेशा हुँदै सचिवदेखि मन्त्रीसम्म बनेका श्रेष्ठलाई अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएको हो ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 49 पटक पढिएको
  • अवैध सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर महिलाले गरिन् श्रीमानको हत्या

    झापा / अवैध सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर - १६ फूलबरिया टोलस्थित गाईगोठमा बारा जिल्लाका फेटा गाउँपालिका वडा नम्बर ४ बस्ने ४६ वर्षीय प्रेमचन्द्र महराको घाँटी र टाउकोको पछाडि भागमा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।हत्याको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने ३४ का दीपक कुमार महरालाई नियन्त्रणमा लिएका छ ।मृतक महराकी श्रीमतीको अभियुक्त दीपकसँग अवैध सम्बन्ध रहेको र सम्बन्धको बारेमा श्रीमानले थाहा पाएपछि श्रीमतीकै म

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 48 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.